Seto Tokutei Ginou

TOKUTEI GINOU, 特定技能

PREPARATION COURSE FOR SPECIFIC SKILLS WORK VISA JAPAN

TEST LIST FOR TOKUTEI GINOU

जम्मा १४ वटा क्षेत्रमा बिशेष जापानिज भाषाको ज्ञान भएको बिदेशी कामदार लिने जापानको नयाँ भिषा प्रक्रिया हो ।

कुनै पनि लेबलको शिक्षाको आवश्यकता छैन ।

उमेर १८ वर्ष भन्दा माथि हुनु पर्छ, बढीमा ४५ वर्ष ।

कम्तिमा ३०० घण्टा पढेको र N4 लेवल सम्मको हुनुपर्छ ।

जापानिज भाषा परीक्षा र जुन कामको लागि आबेदनदिने त्यो काम सम्बन्धितको भाषा र सिप परिक्षा उतिर्ण हुनु पर्छ ।

जम्मा ३०० घन्टाको, दिनको ३ घन्टाको कक्षा लिदा, ४ महिनाको कोर्स हुन्छ । सबै पाठ्यसामाग्री सहितको कोर्सको शुल्क रु ३०,००० लाग्दछ ।

यो कोर्स जम्मा १०० घन्टाको हुन्छ, दिनको ३ घन्टाको कक्षा लिदा, ६ हप्ताको कोर्स हुन्छ | N4 लेबल पुगेको बिर्धार्थीले मात्रै यो कोर्समा पढ्न सक्छन । सबै पाठ्यसामाग्री सहितको कोर्सको शुल्क रु १०,००० लाग्दछ

हामी हाम्रा बिद्ध्यार्थिहरुलाई निम्न सुबिधाहरु नि-शुल्क उपलब्ध गराउछौ:

१. हाम्रा बिध्यार्थिहरुलाई परीक्षाको तयारि र टेस्ट रेजिस्ट्रेसन गरि दिन्छौ ।
२. बिधार्थीहरुले परिक्षामा उतिर्ण नभएसम्म, परीक्षाको तयारि अभ्यास निरन्तर गराउछौ ।
३. परिक्षामा उतिर्ण बिध्यार्थिहरुलाई जापानिज कम्पनीहरुद्वारा छनोटको अन्तर्वार्ता लिने व्यवस्था गर्नेछौ ।
४. छनोट पछि सर्टिफिकेट अभ इलिजिबिलिटी र भिसाको आवेदनको लागि आवश्यक प्रक्रिया र कागजातमा उचित परामर्श प्रदान गर्छौ ।

JOIN PREPARATION CLASS

तयारी कक्षा भर्ना फर्म

Tokutei Ginou Form